धरानबाट धनकुटा जाँदै गरेको बस कोलबोटेमा दुर्घटना, २६ जना घाइते

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
धरानबाट धनकुटा जाँदै गरेको बस कोलबोटेमा दुर्घटना, २६ जना घाइते

धनकुटा । कोशी राजमार्गको भेडेटार सिम्सुवा खण्डको कोलबोटेमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन् ।

धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्ने जाँदै गरेको को १ ख २७५५ नम्बरको बस आज दिउँसो २ बजे सडकबाट ३० फिट तल झरेको छ ।

सडकबाट झरेको बस भीरमाथिको रुखमा अड्किएको छ । घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.