कञ्चनपुरमा एक दम्पतीको शव फेला, हत्या आशंका

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कञ्चनपुरमा एक दम्पतीको शव फेला, हत्या आशंका

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ ।

लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक (रामेश्वर) र उहाँकि पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको हो । 

कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । घटनस्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.