स्रोत नखुलेको २० लाख बढी भारु सहित दुई भारतीय नागरिक पक्राउ

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्रोत नखुलेको २० लाख बढी भारु सहित दुई भारतीय नागरिक पक्राउ

कपिलवस्तु । प्रहरीले स्रोत नखुलेको २० लाख बढी भारु सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका स्थित लिंक गेटमा सोमबार राति करिब साढे ९ बजेतिर स्रोत नखुलेको ५ सय दरका भारतीय रुपैँया २० लाख ५० हजार प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपाल आएका युपी ५५ ए ६६६३ नम्बरको भाडाका गाडी खानतलासी गर्दा महाराष्ट्रको राईगढ जिल्ला मुम्बईसिटी बस्ने ३३ वर्षका सलमान कुरेसीयाको झोलाबाट ८ लाख र युपी ४२ डिटी ५७२१ नम्बरको भाडाका गाडीमा आएका सोही ठाउबस्ने ३९ वर्षका उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा प्रवक्ता मोहनमणी अधिकारीले बताउनु भयो ।

दुवै जनालाई नियन्त्रणमा लिई रकम सहित आवश्यक अनुसन्धान र कार्यवाहीकालागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाईएको उहाँले बताउनु भयो । लिंक गेट नेपाल प्रवेश गर्ने पहिलो नाका हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.