काठमाडौं । फुटबल, जहाँ मैदानमा अन्तिम सिटी नबजेसम्म नतिजा कहिल्यै निश्चित हुँदैन । यही अनिश्चितताबीच सेनेगलविरुद्ध दुई गोलले पछि परेको बेल्जियमले अविश्वसनीय पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो । लुकाकुको आगमनपछि खेलको गति बदलियो । अतिरिक्त समयको पनि अन्तिम क्षणमा भिएआर समीक्षापछि दिइएको पेनाल्टीले खेलको नतिजा नै बदलियो र बेल्जियमले ३-२ को जितसहित प्रि-क्वार्टरफाइनलमा स्थान बनायो । तर, विश्लेषकहरूले के त्यो साँच्चै पेनाल्टी थियो त ? भन्ने आशंका गरेका छन् ।
जारी फिफा विश्वकपमा दोस्रो हाफको अन्तिमसम्म पनि २ गोलको अग्रतासहित बेल्जियमविरुद्ध सेनेगल जितको नजिक थियो । तर केही क्षेणमै उसको हातबाट अन्तिम १६ को यात्रा कसरी चिप्लियो खेलाडीहरुले पत्तै पाएनन् । प्रशिक्षक पापे थियावको टोलीले २०१८ को सेमिफाइनलिस्ट बेल्जियमविरुद्ध २-० को मजबुत अग्रता बनाएको थियो । नियमित समय सकिन चार मिनेट मात्रै बााकी रहादा हाबिब डायरा र इस्माइला सारको गोलले उसको जित लगभग सुनिश्चित देखिन्थ्यो । तर, खेलमा पूर्णरूपमा हाबी भएको टोलीले अन्त्यमा लय गुमायो र आˆनै गल्तीका कारण हारको बाटो समात्यो ।
बेल्जियमले असम्भव जस्तै देखिएको अवस्थाबाट आफूलाई फर्काउादै इतिहास रचेको छ । नियमित समयको अन्तिमसम्म पनि सेनेगल खेलमा पूर्णरूपमा हाबी थियो । तर रोमेलु लुकाकुको आगमनले खेलको गति नै बदलिदियो । ८६औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमको झिनो आशा जोगए । त्यसको तीन मिनेटपछि, कप्तान युरी टिएलेमान्सले लिआन्ड्रो ट्रोसार्डको क्रसमा शक्तिशाली हेड गर्दै खेललाई अतिरिक्त समयमा धकेदिदिए । केही क्षणअघि मैदानमै विवाद गरिरहेका यी दुई खेलाडी अचानक बेल्जियमको उद्धारकर्ता बने । खेल अतिरिक्त समयमा प्रवेश गर्यो र त्यहीाबाट सुरु भयो नाटकको चरमबिन्दु । अतिरिक्त समयको अन्तिम क्षणमा भिएआर समीक्षा पछि लामिन कामाराको ट्याकललाई पेनाल्टी दिइयो र १२५औं मिनेटमा कप्तान टिएलेमान्सले पेनाल्टीलाई गोलमा परिणत गर्दै विश्वकप इतिहासकै सबैभन्दा ढिलो निणर्ायक गोल गरे ।
भिएआर समीक्षापछि आएको निर्णयले खेलको अन्तिम नतिजा नै बदलिदियो । विश्लेषकहरूले प्रश्न उठाए, के त्यो सााच्चै पेनाल्टी थियो ? धेरै खेल प्रेमीले सो निर्णयप्रति असन्तुष्टि जनाउादै रेप|mीले ढिलो प्रतिक्रिया दिएको भन्दै प्रश्न उठाएका छन् । प्रशिक्षक थियावले यो हार पीडादायी भएको बताएका छन् । सेनेगलका लागि यो हार मात्र नभइ पीडाको पुनरावृत्ति पनी थियो । यसै वर्ष अपि|mका कप अफ् नेसन्सको उपाधि गुमाएको घाउ अझै ताजा थियो र विश्वकपको पनि त्यस्तै क्रूर अन्त्य भयो ।
बेल्जियमका लागि यो पुनरागमन अप्रत्याशित भने थिएन । सन् २०१८ मा बेल्जियमले जापानविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट यस्तै जित निकालेको थियो । कोर्टोइस, डे ब्रुयने, मेउनिएर र लुकाकु उक्त ऐतिहासिक खेलका साक्षी थिए । अन्तिम क्षणको नाटक, विवाद, इतिहास र हृदयविदारक अन्त्य, यो खेलमा फुटबलका सबै रंग समेटिएका थिए ।