जैविक मल उत्पादनमा दाङका किसान, हौसला दिँदै पालिका

असार १८, २०८३ |अमर क्षितिज भण्डारी
जैविक मल उत्पादनमा दाङका किसान, हौसला दिँदै पालिका

दाङ । रासायनिक मल र विषादीको अनियन्त्रित प्रयोगले माटोको उर्वराशक्ति नाश हुँदै गएको र उत्पादत्व पनि आशा गरेअनुसार बढ्न नसकेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन् । त्यसैको उदाहरण हो दाङका किसानले उत्पादन र प्रयोग गरिरहेको जैविक मल र विषादी । माटोको स्वास्थ्य सुधार, किसानको आयआर्जनमा वृद्धिसँगै मानव स्वास्थ्यमा पनि हानि नगर्ने भएकाले पालिकाहरूले पनि किसानको प्रयत्नमा साथ दिएका छन् ।

शान्तिनगर-५ ढोडेनीकी चिजमानी चौधरीले तरकारी खेती गरेर घर खर्च चलाउन थालेको वर्षौं भयो । पछिल्ना केही वर्षदेखी विस्तारै उत्पादन घट्न थाल्यो । टोमा आएको कडापन, र अधिक बिषधीको कारण पत्ता लागेपछि चिजमानीले अहिले माटो सुधार गर्न आफैले बनाएको झोल मल प्रयोग गर्न थाल्नुभएको छ । चिजमानीले जस्तै अहिले शान्तिनगर र दंगिशरण गााउपालिकाका किसानहरु घरमै विभिन्न किसिमका झोल मल र जैविक विषादी तयार गरी खेतीपातिमा प्रयोग गर्न थालेका छन् ।

खेतीपातीमा प्रयोग हुने अत्यधिक बिषादी, त्यसले माटो र मानब स्वास्थ्यमा पार्ने असर लगाएतका कुरामा किसान जानकार भएपछि पश्चिम दाङका किसानहरु गााउगााउमा समूह बनाएर झोलमल गड्यौले मल, जैविक विषादी घरमै उत्पादन अर्गानिक उत्पादनमा लागेका छन् ।

किसानलाई घरमै जैविक मल र विषादी बनाउने सीप दंगीशरण र शान्तिनगर गाउापालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा भैरहेको छ । सीपसागै झोल मल उत्पादन गर्ने सामग्री पनि स्थानीय सरकार र सहयोगी संस्थाले नै दिएर किसानको आयआर्जन वृद्धी गर्ने र मानब स्वास्थ्य सुधारमा काम गरीरहेको स्थानिय सरकारको भनाइ छ ।

झोल मल उत्पादनका लागि किसानले घर वरिपरिकै गाइबस्तुको गोवर, गहुात, पानी, तितेपाती, नीमको पात, असुरो, बकाइनो, वनमारा, दालको पीठो र केमिकलको प्रयोगगरी झोल मल र जैविक विषादी दुबै उत्पादन गरीरहेका छन् ।  


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।