बाढीले क्षति पुर्‍याएको अरनिको राजमार्गको खागदलमा बेलिब्रिज निर्माणको काम सुरु

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढीले क्षति पुर्‍याएको अरनिको राजमार्गको खागदलमा बेलिब्रिज निर्माणको काम सुरु

सिन्धुपाल्चोक । बाढीले क्षति पुर्‍याएको अरनिको राजमार्गको खागदलमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ ।

गत असारमा बाह्रविशेको खागदलमा आएको बाढीले बेलिब्रिज बगाएपछि तातोपानी नाका पुग्ने कोदारी सडक सम्पर्कविच्छेद भएपछि राजमार्ग सञ्चालन गर्न जडानको काम थालिएको हो ।

सुभरम्भ कन्ट्रकसन प्रा.लिले भोटेकोशी नदी र खागदलको नदीमाथि ३० मिटर क्षेत्रमा बेलिब्रिज जडान गर्नेछ।

पुल जडान गर्नको लागि वेश निर्माण र ग्याविनको काम सकिएको बाह्रविशे नगरपालिकाकी उपप्रमुख मन्जु तामाङले जानकारी दिनुभयो।

पुल बगाएरपछि बाह्रविशे नगरपालिका, भोटेकोशी गाँउपालिका र तातोपानी नाका पुग्ने यात्रुलाई असहज हुँदे आएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.