शुक्रबारदेखि अवरुद्ध मेची राजमार्गको इलाम राजदुवाली खण्ड साना सवारीका लागि खुल्यो

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
शुक्रबारदेखि अवरुद्ध मेची राजमार्गको इलाम राजदुवाली खण्ड साना सवारीका लागि खुल्यो

इलाम । शुक्रबार अवरुद्ध मेची राजमार्गको इलाम राजदुवाली खण्ड संचालनमा आएको छ ।

माईखोला पुलछेउ भत्किएको सडकमा ग्याविनजाली भरेर सडक खुलाइएको हो । त्यस्तै त्यसमाथि दबिएको सडकको विकल्पमा नजिकैबाट करिव ६० मिटर नयाँ ट्याक निर्माण गरिएको छ ।

निरन्तर दब्ने समस्या रहेको त्यो क्षेत्रमा तत्काल सडक खुलाईए पनि जोखिम कायमै छ । दशैंको मुखमा सडक अवरुद्ध हुँदा इलामसहित पाँचथर, ताप्लेजुङ, झापा र तेह्रथुमको आठराई क्षेत्रका वासिन्दालाई आउजाउमा प्रत्यक्ष असर परेको थियो ।

त्यस्तै साविक मेची पहाडी जिल्लामा उपभोग्य सामाग्रीको अभाव हुनका साथै यहाँ उत्पादित सामाग्री पनि बाहिर जान नसक्दा समस्या छ ।

तत्कालाई साना सवारी साधन राजदुवाली खण्डबाट संचालन भए पनि ठूला सवारीका साधन भने अझै चल्ने अवस्था छैन ।

विकल्पकोलागि केचना कंचनजंघाका सडकको इलाम भञ्ज्याङबाट माई नगरपालिकाहुँदै झापा झर्ने सडक र तिल्केनी सिमलगोलाई सडकलाई खुलाउने प्रयास पनि जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement