हेटौंडामा पेट्रोलियमको ट्यांकरभित्र लुकाएको ३ सय ९२ केजी गाँजा बरामद

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
हेटौंडामा पेट्रोलियमको ट्यांकरभित्र लुकाएको ३ सय ९२ केजी गाँजा बरामद

मकवानपुर । हेटौंडाको रातोमाटेबाट प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करभित्र लुकाएर ल्याएको गाजा बरामद गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान गाजासहितको ट्यांकर नियन्त्रणमा लिएको हो ।

पालुङबाट वीरगंजतर्फ जाँदै गरेको ना७ख १७७१ को ट्याङ्करलाई विशेष सूचनाका आधारमा रोकी चेकजाँच गर्ने क्रममा ३ सय ९२ केजी लागूऔषध गाँजा बरामद गरिएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जनाउनुभयो ।

प्रहरीले ट्याङ्कर चालक मनहरी गाउँपालिका-९ ज्यामिरेका २६ वर्षीय रोशन पुरि र सोही स्थानका सहचालक २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरेको छ । 

ट्याङ्करको पाँचवटा डिब्बाहरु मध्ये ३ नम्बको डिब्बाभित्र २५ वटा पोका बनाई रातो प्लाष्टिकले बेरेको अवस्थामा गाजा फेला परेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement