पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिँदा सवारीसाधन एकतर्फी मात्र

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिँदा सवारीसाधन एकतर्फी मात्र

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएर एकतर्फी भएको छ ।

पहिरोको कारण लामो समय सास्ती दिएको कृष्णभीरमा आज बिहान सडक भासिएको हो । सडक करिब ३० मिटर भासिएको छ ।

सो छेत्रमा सवारी एकातर्फ मात्रै संञ्चालनमा छ । नागढुङा मलेखु-मुग्लिन सडक खण्डको अन्य अधिकाशं स्थानमा हिजोदेखि दुईतर्फि यातायात संञ्चालनमा आएको छ ।

सडक भासिएपछी थप अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा भुगर्भ विदहरु कृष्णभीर पुगेका छन् । अन्यत्र सवारी सहज सन्चालन भएपनी एकातर्फी सडकको कारण कृष्णभीरमा भने केही समय सवारिसाधन लाइनमा बस्नु पर्ने अवस्था छ ।

यातायात सन्चालनमा सहजीकरण गर्न सो क्षेत्रमा प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताउनु भयो । काठमाडौंबाट बाहिरिने सवारीसाधनको चाप अत्याधिक भएकोले सवारी केहि समय रोकिनु पर्ने भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.