झापामा छुरा प्रहार गरि किशोरीको हत्या

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
झापामा छुरा प्रहार गरि किशोरीको हत्या

झापा । झापामा एक किशोरीको छुरा प्रहार गरि हत्या भएको छ ।

अर्जुनधारास्थित महानन्द चोकमा शुक्रबार साँझ एक किशोरीको छुरा प्रहार गरि हत्या भएको हो ।

इलामको सूर्योदय नगरपालिका -१० फिक्कल घर भई विर्तामोडमा डेरा गरी बस्ने १९ वर्षीया मनिषा लोहारमाथि शुक्रबार साँझ एक युवकले छुरा प्रहार गरेका हुन् ।

छुरा प्रहारपछि भागेका कैलाली गौरीगंगा ३ घर भएका २० वर्षीय अनिल विक पनि स्थानीय केही युवाको कुटपिटबाट गम्भीर घाइते भएका छन् । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement