बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक जना वेपत्ता

भाद्र २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक जना वेपत्ता

बागलुङ । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति बागलुङ नगरपालिका-४ बान्द्रे खोला तर्ने क्रममा मोटरसाइकलमा सवार स्थानीय २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीलाई बगाउँदा दुवैजनाको मृत्यु भएको हो । बाढीमा परि एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडलका अनुसार बाढीमा बगेर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको खोजी जारी रहेको छ ।

कुँडुलेदेखि मालिका जाने क्रममा बान्द्रे खोला तर्ने क्रममा मोटरसाइकल र स्कूटरमा सवार तीनै जनालाई बगाएको थियो ।

सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेला परेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement