रुकुमका घनश्याम विश्वकर्मा २०२४ को ग्लोकल टिन हिरो उपाधिबाट सम्मानित

भाद्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुकुमका घनश्याम विश्वकर्मा २०२४ को ग्लोकल टिन हिरो उपाधिबाट सम्मानित

काठमाडौं । रुकुमका घनश्याम विश्वकर्माले सन् २०२४ को ग्लोकल टिन हिरो उपाधि जित्नुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बीच विश्वकर्मालाई सन् २०२४ को ग्लोकल टिन हिरो घोषणा गरिएको हो ।

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुकाबीच विश्वकर्मा ग्लोकल टीन हिरो चयन हुनुभएको हो । अन्तिम ६ मा कपिलवस्तु आशिष पन्थी, स्याङ्जाका निश्चल भट्टराई, झापाकी पूर्णिमा तिम्सिना, कास्कीकी सजनी शर्मा र पर्साका श्रीजय सुवेदी छनोट हुनुभएको थियो ।

ग्लोकल टीन हिरो बन्नुभएका विश्वकर्मा एक सामाजिक कार्यकर्ता हुनुहुन्छ । उहाँले रुकुमबाट बालबालिका र किशोरकिशोरीहरूको अधिकारका लागि आठ वर्षभन्दा बढी समयदेखि अभियान चलाउँदै आउनुभएको छ ।

ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोर किशोरीहरुलाई सम्मानित गर्दै आएको छ । ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement