बर्दिया । सर्पको टोकाईबाट बर्दियाको गुलरिया नगरपालिका-१ मा दुई जनाको ज्यान गएको छ । ९ महिनाका वालक मायरा चौधरीकाे आमासँग सुती रहेको अवस्थामा बिहीबार सर्पको डसाईबाट मृत्यु भएको हो ।
उनलाई उपचारका लागि गुलरिया अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला अस्पताल, बर्दियाका मेसु डाक्टर सुभाष पाण्डेयले बताउनु भयो । यसैगरि सोही वडाको बेलटारीका ११ महिनाकी वालिका साेनीया चाैधरीकाे पनि सुती रहेको अवस्थामा सर्पको डसाईबाट मृत्यु भएको छ । उनलाई पनि उपचारकालागि अस्पताल पुर्याउँदा मृत्यु भएको मेसु डाक्टर पाण्डेयले जानकारी दिनुभयो ।
त्यसैगरि मधुवन नगरपालिका-२ ओराली बजार बंगालीपुर बस्ने ६ वर्षीया रिया चौधरीलाई सर्पले डसेर गम्भिर घाइते भएकी छन् । जिल्ला अस्पताल गुलरियामा उपचार हुन नसकि नेपालगन्ज स्थित भेरी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।