मोटरसाइकलको ठक्करबाट दाङमा एक जनाको मृत्यु

श्रावण ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मोटरसाइकलको ठक्करबाट दाङमा एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर

दाङ । घोराहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । घाइतेकाे अवस्था गम्भीर छ । घोराही बजारबाट सर्रातर्फ जाँदै गरेको लु ४५ प ७४२५ नम्बरको मोटरसाइकलको ठक्कबाट घोराही-१६ का ३८ वर्षीय नारायण पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार राति साढे ९ बजेको समयमा सर्रास्थित सडकमा हिँडिरहेका पोखरेललाई माेटरसाइकलले ठक्कर दिएको थियो । माेटरसाइकलकाे ठक्करबाट घाइते पोखरेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक पाल्पाको माथागढी गाउँपालिका-१ का २६ वर्षीय तेजबहादुर रेशमीकाे भैरहवामा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.