आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोप्ने दिन

श्रावण २, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोप्ने दिन

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले आज घरघरमा तुलसीको विरुवा रोपेर हरिशयनी एकादशी पर्व मनाउँदै छन् ।

आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ र यो दिन तुलसीको विरुवा रोप्ने गरिन्छ । घरको आँगनमा तुलसीको मठ स्थापना गरी तुलसीको विरुवा रोप्दा देवताको बास हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । 

एकादशीकै दिन भगवान विष्णुको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादशीको दिन भगवान हरि क्षीर सागरमा शयन हुने र कार्तिक शुक्ल एकादशी अर्थात हरिवोधनी एकादशीको दिन जागा हुने विश्वास पनि रहेको छ । 

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि फर्पिङस्थित शेषनारायण मन्दिर, बुढानीलकण्ठसहित देशका विभिन्न स्थानमा रहेका भगवान विष्णुका मन्दिर तथा नदी किनारमा दर्शनार्थीको घुइँचो लागेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement