आजको मौसम : कहाँ-कहाँ हुनेछ वर्षा, बाढीको कस्तो छ सम्भावना ?

श्रावण २, २०८१ |कान्तिपुर टीभी संवाददाता
आजको मौसम : कहाँ-कहाँ हुनेछ वर्षा, बाढीको कस्तो छ सम्भावना ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना  छ ।

यसैगरी, अहिले देशका प्रमुख नदीहरुमा जल सतह सामान्य अवस्थामा छ । आज कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली कुनै पनि नदीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । तर, सबै नदीमा बहाब सामान्य बढ्दो क्रममा रहनेछ । यद्यपि, देशका पूर्वी क्षेत्रमा झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाका आसपासमा चुरेबाट बहने साना नदी र खोलाहरुमा भने एक्कासी बाढी समेत आउनसक्ने सम्भावना छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement