अख्तियार आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
अख्तियार आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त इन्जिनियर डा. सुमित्रा श्रेष्ठ अमात्यको ललितपुर चाकुपाटस्थित घरमा ललतिपुर महानगर पालिकाले डोजर चलाएको छ ।

आयुक्त अमात्यले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका संरचना महानगरपालिकाको डोजरले भत्काइदिएको हो । महानगरपालिकाले अमात्यको घरमा लगाइएको पर्खालका साथै सार्वजनिक जग्गामा बनेका संरचना भत्काउँदै गर्दा महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि उपस्थित हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.