वन वातावरण पत्रकार संघ गठन

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
वन वातावरण पत्रकार संघ गठन

काठमाडौं । वन तथा वातावरण बिटमा रिपोर्टिङ गर्ने पत्रकारले 'वन वातावरण पत्रकार संघ' नेपाल नामक तदर्थ समिति गठन गरेका छन् ।

हिजो काठमाडौंमा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा सुशील मैनाली रहनुभएको छ । समितिको सदस्यहरुमा बिकास आचार्य, हरि बास्तोला, रोजिना थापा, भानुभक्त आचार्य, अनिल पराजुली, प्रेम बास्तोला रहनुभएको छ ।

यसैगरी संघको अन्य सदस्यहरुमा शुभलक्ष्मी विक, अञ्जली थापा, घनश्याम पौडेल र केशव भण्डारी रहनुभएको छ ।

वन वातावरणको क्षेत्रमा कलम चलाउने देशभरका पत्रकारहरुलाई एकीकृत गराउने लक्ष्यसहित संघ गठन भएको पत्रकार बिकास आचार्यले जानकारी दिनु भयो । संघको पहिलो बैठकले दसैंभित्र विधानको काम सकेर दर्ता गर्ने लक्ष्य राखेको पनि आचार्यको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.