पोखराको विजयपुरखोला नजिक सडक भत्कियो, एकतर्फी आवागमन

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखराको विजयपुरखोला नजिक सडक भत्कियो, एकतर्फी आवागमन

कास्की । पृथ्वी राजमार्गअन्तर्गत पोखराको विजयपुरखोला पुल नजिकै सडक भत्किएको छ ।

सडकको दायाँतर्फ करिब ५ मिटर लम्बाइ र डेढ मिटर चौडाइ सडक घट्टेकुलोको पानीले कटान गरी भत्काएको हो । सडकको छेउ भत्किएपछि सडकको बायाँतर्फ वैकल्पिक सडक खोलेर एकतर्फी रुपमा सवारी आवागमन खुलाइएको छ । सडक एकतर्फी मात्र खुल्दा विजयपुर र चाउथेतर्फ सवारी साधनको लामो लाइन छ । 

भत्किएको सडक मर्मत भइरहेको र केहीबेरमा पूर्ण रुपमा सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखराको लामापाटन जल मापन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा १ सय ३४ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.