सप्तरीको खाँडो खोलामा बाढी आउँदा ३० घर डुबानमा

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सप्तरीको खाँडो खोलामा बाढी आउँदा ३० घर डुबानमा

काठमाडौं । गए रातिदेखिको निरन्तरको वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका-१ मा रहेका ३० भन्दा बढी घरमा बाढी पसेको छ । 

खाँडो खोलामा बाढी आउँदा बस्तीमा पसेको रुपनी-१ का पूर्ववडाध्यक्ष पिताम्वर यादवले जानकारी दिनु भयो । रुपनी गाउँपालिकामा रहेको जलमापन केन्द्रले बिहान ५ बजेको समयमा नदीमा खतराको संकेत पार गरेको जनाए पनि अहिले केही घटेको बताइएको छ । अविरल वर्षाले राजविराजका दुई दर्जन बढी घर पनि डुबानमा परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement