उत्कृष्ट जनशक्तिलाई सरकारी सेवामा प्रवेश गराउन आवश्यक

असार १, २०८१ |कान्तिपुर टीभी संवाददाता
उत्कृष्ट जनशक्तिलाई सरकारी सेवामा प्रवेश गराउन आवश्यक

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वर्तमान अवस्थामा सिर्जित समस्या र चुनौतीको सामना गर्नसक्ने दक्ष, सक्षम र उत्कृष्ट जनशक्तिलाई सरकारी सेवामा प्रवेश गराउनु आवश्यक भएको बताउनुभएको छ ।

लोकसेवा आयोगको ७४औं वार्षिकोत्सव समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले सबै खालका परिवर्तनलाई कुशल व्यवस्थापन गर्न सक्ने कर्मचारी छनोटमा ध्यान दिन आयोगलाई सुझाव दिनुभयो । उहाँले लोक सेवा आयोगले परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै लैजानुपर्नेमा समेत जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले लोक सेवा आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रका रूपमा सधैं आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न समेत सुझाव दिनुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सार्वजनिक निकायका कर्मचारी भर्ना र छनोटमा योग्यता प्रणाली स्थापित गर्न लोकसेवा आयोगले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.