विज्ञापन एजेन्सीहरुका छाता संगठन र मूलधारका मिडिया संस्थाका छाता संगठनबीच आचारसंहिता सम्झौता

जेष्ठ ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
विज्ञापन एजेन्सीहरुका छाता संगठन र मूलधारका मिडिया संस्थाका छाता संगठनबीच आचारसंहिता सम्झौता

काठमाडौं । नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल, नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्सबीच आचारसंहिता सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विज्ञापन एजेन्सीहरुका छाता संगठन र मुलधारका मिडिया संस्थाका छाता संगठनबीच आचारसंहिता लागु गर्न व्यवसायिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा विज्ञापनसम्बन्धी कारोवार व्यवस्थापन तथा अनुगमन कार्यविधि बनाएर लागु गर्ने उल्लेख गरिएको छ । सरकारी निकायहरुले गर्ने विज्ञापन वापत सरकारी ढुकुटीबाट भैरहेको खर्च र सञ्चार माध्यमले पाइरहेको रकमबीच धेरै अन्तर रहेको र अधिकांश रकम अनुचित तवरबाट बिचैमा गायब भइराखेको गुनासो हुने गरेको छ ।

व्यावसायिक साझेदारीसम्बन्धी सम्झौतापत्रको उद्देश्य मूलधारका सञ्चारमाध्यमहरुमा विज्ञापन कारोबार गर्दा सम्बन्धन प्राप्त एजेन्सीसँग मात्र हुनुपर्ने भन्ने हो । यसले विज्ञापन दररेटमा चलिरहेको विकृति रोकिने विश्वास साझेदार संस्थाहरुले गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.