काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा शितल निवास परिसरमा उच्चपदस्थ व्यक्तिहरुले वृक्षरोपण गरेका छन् । वृक्षरोपणमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लगायतको उपस्थिति थियो ।