अन्नपूर्ण प्रथम आरोहणको ७४ वर्ष पूरा

जेष्ठ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अन्नपूर्ण प्रथम आरोहणको ७४ वर्ष पूरा

म्याग्दी । आठ हजार मिटर माथिका हिमालमा पहिलो पटक मानव पाइला परेको अन्नपूर्ण प्रथम आरोहण भएको ७४ वर्ष पूरा भएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्गोज नेतृत्वमा लुइस लचेन र दुई जना नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालआरोहण गरेका थिए ।

म्याग्दीको दानाहुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरी साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोला, भुस्केटमेलाको परम्परागत भेडा गोठालो मार्ग पछ्याउँदै अन्नपूर्ण प्रथम हिमाल पुगेका थिए ।

अन्नपूर्ण नर्थ वेस क्याम्पमा पञ्चकुण्ड हिमताल छ । मिस्त्रीखोलामा निर्माणाधीन जलविद्युत आयोजनाले हुमखोलासम्म मोटरबाटो पुर्‍याएपछि आरोहण मार्ग छोटो र सहज भएको छ । अन्नपूर्ण हिमश्रृंखला १४ वटा हिमाल पर्छन् । अन्नपूर्ण साउथ र प्रथम चुचुरो म्याग्दीमा र दोस्रो, तेस्रो र चौथो चुचुरो कास्कीमा पर्छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.