कपिलवस्तुको पिपरहवा गाउँबाट देखिएको २०८०को अन्तिम सूर्यास्त(फोटो फिचर)

वैशाख १, २०८१ |मनोज पौडेल
कपिलवस्तुको पिपरहवा गाउँबाट देखिएको २०८०को अन्तिम सूर्यास्त(फोटो फिचर)

कपिलवस्तु । कपिलवस्तु नगरपालिका-१२ पिपरहवा गाउँ जाने झलुङगे पुल नजिकैबाट देखिएको अस्ताउँदै गरेको सूर्यको दृष्य हो यो । स्थानीय गाउँलेहरु २०८० को अन्तिम सूर्यास्त हेदै रमाइरहेका थिए । 

झलुङगे पुल हुदै आवतजावत गरिरहेको दृष्यसँगै खिचिएको तस्बिर निक्कै मनमोहक रहेको छ । २०८० को अन्तिम सूर्यास्तको मनमोहक दृष्यले सबैलाई लोभ्याइरहेको देखिन्छ । 

जतिजति सूर्य तल झर्दै जान्छ उति सूर्य चम्किलो र उज्यालो हुँदै जादाको दृष्यले सबैलाई उत्तिकै रोमाञ्चक बनाइरहेको थियो । सूर्यास्तको अन्तिम किरणले क्षितिज पुरै राताम्य बनेको थियो । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement