सेनाको हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

चैत्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
सेनाको हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका ८ की एक गर्भवतीलाई सेनाको हेलिकोप्टरमार्फत शुक्रबार उद्धार गरिएको छ ।

जिल्ला अस्पताल बाजुरामा प्रसूतिका लागि गएकी बडिमालिका ८, थापाबाडाकी ३२ वर्षीया सन्तोषीकुमारी दानी (थापा) लाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले जानकारी दिए ।

तिमिल्सिनाका अनुसार दानीको स्वास्थ्य अवस्था जटिल भएको सिफारिसपछि महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement