एमईआई स्कुलमा अतिरिक्त क्रियाकलाप, असहायलाई छात्रवृत्ति

चैत्र २९, २०८० |कान्तिपुर टीभी संवाददाता
एमईआई स्कुलमा अतिरिक्त क्रियाकलाप, असहायलाई छात्रवृत्ति

काठमाडौं । आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पिछडिएको पर्साको ठोरी गाउँपालिका २, गौतमनगरमा बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदानका लागि एमईआई स्कुलले अतिरिक्त क्रियाकलापमा जोड दिएको छ । ‘माया शैक्षिक अभियान’ नामक गैरसरकारी संस्थामा आश्रित अनाथ तथा असहाय बालबालिकालाई छात्रवृत्तिमा समेत पढाइरहेको छ ।

विद्यालयबाहिर रहेका झन्डै २ हजार बालबालिकामध्ये अहिले यहाँ २०० विद्यार्थी अध्ययनरत छन् । जसले न्यून शुल्कमा गाउँमै गुणस्तरीय शिक्षा पाइरहेको सहायक प्रिन्सिपल हिमला राईको भनाइ छ । उनका अनुसार एमईआई स्कुलले ई-लर्निङ, एसीए पेपर वर्कलगायत शिक्षण सिकाइमा जोड दिइरहेको छ ।

जहाँ क्रियटिभ लेखन, पब्लिक स्पिकिङ, म्युजिक, क्राफ्ट, आर्ट्स तथा गेम्स थपिएपछि बालबालिकामा पढाइप्रति रुचि बढेको छ । यहाँ प्ले ग्रुपदेखि कक्षा ६ सम्म पढाइ हुन्छ । एमईआई स्कुलले अनाथ, असहाय, भूकम्प प्रभावित बालबालिकालाई छात्रवृत्तिमा पढाइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement