यस पटकको बिस्का जात्रामा सुजन बागले दोस्रो पटक जिब्रो छेडाउने

चैत्र २१, २०८० |सुन्दर शिल्पकार
यस पटकको बिस्का जात्रामा सुजन बागले दोस्रो पटक जिब्रो छेडाउने

काठमाडौं । प्रत्येक वर्ष वैशाख २ मा हुने भक्तपुरको प्रसिद्ध बिस्का जात्रा अर्थात जिब्रो छेड्ने जात्रामा यस वर्ष स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडाउने भएका छन् । गत वर्ष पहिलो पटक जिब्रो छेडाएका सुजनले यस वर्ष पनि जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लागेका हुन् । पहिलो पटक जिब्रो छेडाउदा निकै उत्साहित भएको उनको भनाइ छ ।

यसअघि उनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए । गत वर्ष जात्रालाई पुस्तान्तरण गर्दै बुद्धकृष्णले उनका छोरा सुजनलाई जिब्रो छेडाउने निर्णय गरेका थिए । जिव्रो छेड्ने व्यक्तिले तीन दिन अगाडीबाट निराहार व्रत बस्नुपर्ने र महिलाहरूलाई छुन नहुने श्रेष्ठको भनाइ छ ।

बोडेका स्थानीयहरूमध्ये श्रेष्ठ थरका एक जनाले प्रत्येक बर्ष वैशाख २ गते बोडे स्थित पाँचो गणेश मन्दिरको प्रांगणमा हजारौ मानिसको उपस्थितीमा देशलाई अनिकालबाट जोगाउन, रोग नलागोस र मुलुमा शान्तिको कामना गर्दै जिब्रो छेड्ने प्रचलन छ । करिव एक फिट लामो सुइरोले जिब्रो छेडेपछि जिब्रो छेड्ने व्यक्तिले बाँसले निर्माण गरिएको ९ बत्तिसहितको बाँसले निर्माण गरिएको अर्धचन्द्रकार महादीप काँधमा बोकेर बोडे सहर परिक्रमा गर्नुपर्छ ।

जिब्रो छेड्दा बोडेवासीलाई भूतप्रेतले दुख नदिने किंवदन्ती रहेको छ ।

सुजनका बुबा बुद्धकष्ण बाग श्रेष्ठले ९ पटक जिब्रो छ्डेर जात्रालाई निरन्तरता दिएका थिए भने सुजनका माइलो बुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाइसकेका छन ।२८ वर्षीय श्रेष्ठ पेशाले सवारी चालक हुन् ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement