सिरहामा गुड्ने 'ओभरलोड' टिपरलाई कारबाही गर्न ट्राफिक प्रहरीको सक्रियता

फाल्गुन २८, २०८० |कान्तिपुर टीभी संवाददाता
सिरहामा गुड्ने 'ओभरलोड' टिपरलाई कारबाही गर्न ट्राफिक प्रहरीको सक्रियता

सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले सिमेन्ट उद्योगका लागि लोड क्षमताभन्दा बढी चुनढुंगा बोक्ने टिपरलाई कारबाही थालेको छ ।

सिरहास्थित सिमेन्ट उद्योगका टिपरले उदयपुरका खानीबाट मिर्चैया हुँदै चुनढुंगा लैजाने क्रममा जनजीवन प्रभावित हुँदै आएको छ । टिपरले क्षमताभन्दा बढी चुनढुंगा बोकेर सडकमा क्षति पुगेको स्थानीयको गुनासोमा गृहप्रसासनले पत्रकाटेपछि ट्राफिक प्रहरीले मिर्चैयामा थप टोली खटाएर सक्रियता देखाएको हो । 

यसअघि पनि कारबाही गरिएकोमा पछिल्लो समय यसलाई अभियानकै रूप दिइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख डम्बर बहादुर पुरीले जानकारी दिए ।

प्रहरीले ५० वटा ओभरलोड बोक्ने टिपरलाई कारबाही गरिसकेको जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement