आज मगर एकता दिवस, पाल्पामा सार्वजनिक बिदा

फाल्गुन १५, २०८० |कान्तिपुर टीभी संवाददाता
आज मगर एकता दिवस, पाल्पामा सार्वजनिक बिदा

पाल्पा । पाल्पाका सबै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । ४२औं मगर एकता दिवस मनाउन पाल्पाका दुई नगरपालिका र ८ गाउँपालिकाले बिदा दिएका हुन् ।

मगर समुदायले फागुन १५ गतेलाई मगर एकता दिवसका रुपमा मनाउँछन् । पाल्पाका सबै स्थानीय तहमा मगर समुदायको बसोबास छ । दिवसको अवसरमा आज विभिन्न स्थानीय तहमा कार्यक्रम गरिँदै छ । कार्यक्रममा स्थानीय कला संस्कृतिको जर्गेना, मगर खाना, मगर भेषभूषा तथा संस्कृतिको प्रदर्शन गरिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement