अर्चना झाद्वारा लिखित मैथिली भाषाको रामायण सार्वजनिक

फाल्गुन ३, २०८० |कान्तिपुर टीभी संवाददाता
अर्चना झाद्वारा लिखित मैथिली भाषाको रामायण सार्वजनिक

काठमाडौं । मैथिली भाषामा लेखिएको रामायण सार्वजनिक भएको छ । 'वाल्मीकि रामायण' र 'रामचरितमानस' रामायणको आधार लिए अर्चना झाले मैथिली भाषामा रामायण लेखेकी हुन् । मैथिली गद्यात्मक 'अर्चनाकृत रामायण' मा करिब ६४ हजार शब्द छन् ।

यस पुस्तकमा हिन्दु धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा राम र सीताको गाथा लेखिएको छ । ललितपुरको गोदावरीमा पुस्तक सार्वजनिक गर्दै पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत लगायतका भाषामा पढ्न पाइने रामायण मैथिली भाषीले सहज रुपमा आफ्नै भाषामा पढ्न पाउने भएको बताए ।

मैथिली भाषामा रामायण लेखेकी झाले पुस्तकमा सीतारामको राज्य चिन्तन, राजनीतिक चिन्तन, समाज चिन्तन, परिवार चिन्तन, मर्यादा पालन तथा सीता माताको गुण, लोकगीत, मिथिला चित्रकला लगायतका आठ काण्ड रहेको बताइन् ।

आदिकवि वाल्मिकी ऋषिद्वारा रचना गरिएको 'वाल्मिकी रामायण' त्रेता युगमा भएको मानिन्छ । पवित्र धार्मिक ग्रन्थका रूपमा रहेको रामायणका मुख्य पात्रहरू दशरथ, जनक, राम, सीता, कैकेयी, गुरु वशिष्ठ, भरत, सत्रुधन, लक्ष्मण, हनुमान, रावण, बाली, सुग्रिव, जटायु आदि रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.