यूएन मुख्यालयमा ४७ देशका विद्यार्थीमाझ स्वस्तिश्री गुरुकुलकी शुभाङ्गिनीको मन्तव्य

माघ २१, २०८० |कान्तिपुर टीभी संवाददाता
यूएन मुख्यालयमा ४७ देशका विद्यार्थीमाझ स्वस्तिश्री गुरुकुलकी शुभाङ्गिनीको मन्तव्य

काठमाडौं । वर्ल्ड फेडेरेसन अफ युनाइटेड नेसन्स एसोसिएसन्स (डब्ल्यूएफयूएनए), इन्टरनेसनल मोडल यूएन (डब्ल्यूआईएमयूएन) २०२४ का लागि काठमाडौंको स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलका २० विद्यार्थीले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को मुख्यालयमा सहभागिता जनाएका छन् । ४७ देशका ८ सयभन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा स्वस्तिश्री गुरुकुलकी १० कक्षाकी छात्रा सियारा शुभाङ्गिनी बजगाईंले प्यानल स्पिकरका रुपमा आफ्नो प्रस्तुति दिएकी थिइन् । 

शुभाङ्गिनीले ४७ देशका १३ पूर्ण वक्तामध्ये आफूलाई उभ्याउँदै मन्तव्य राखेकी थिइन् । राष्ट्रसंघको सभाहलमा आयोजित कार्यक्रममा शुभाङ्गिनीले 'आगामी वर्षका लागि संयुक्त राष्ट्र संघका लागि शुभकामना र प्राथमिकताहरू'का विषयमा बल्दै स्वास्थ्य समस्याहरुबारे पनि आफ्ना विचार राखेकी थिइन् । जसले ४७ देशका विद्यार्थीका माझ नेपाललाई परिचित गराउन महत्वपूर्ण भूमिका निभाएको स्वस्तिश्री गुरुकुलले जनाएको छ ।

कार्यक्रममा नेपाली विद्यार्थीले अन्य देशका विद्यार्थीको समेत अनुभव सुन्नुका साथै विविध अन्तर्क्रियामा भाग लिएका छन् ।स्वस्तिश्री गुरुकुल यूएन अन्तर्गत ग्लोबल स्टेजमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो र एक मात्र आईएसए सदस्य विद्यालय हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.