काठमाडौंमा ‘केयरभिगर एकेडेमिया’

माघ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा ‘केयरभिगर एकेडेमिया’

काठमाडौं । युरोप, अमेरिका तथा इजरायलमा बढ्दो नेपाली केयरभिगरको मागलाई मध्यनजर गर्दै काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम तथा प्रविधियुक्त एकेडेमी सञ्चालनमा आएको छ ।

एक दशकभन्दा बढी समय इजरायलमा केयरगिभरको काम गरेका अनुभवी प्रशिक्षकबाट अध्ययन अध्यापन गराउने गरी काठमाडौंमा ‘केयरगिभर एकेडेमिया’ सञ्चालनमा आएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त एवं व्यावसायिक सीप तथा तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन प्राप्त केयरगिभर एकेडेमियाले डाइमेन्सिया केयर, पार्किन्सन केयर, अप्टिओप्रोसिस केयर, पालियाटिभ केयर, जेरियाट्रिक केयर, हस्पिक केयर, अटिजम केयर, चाइल्ड केयर, सामान्य केयरलगायत कोर्सहरु सञ्चालन गर्ने मुख्य प्रशिक्षक किरण लामाले जनाए । उनले प्रशिक्षार्थीलाई कार्यक्षेत्रमा बहन गर्नुपर्ने जिम्मेवारी र आइपर्ने चुनौतीबारे प्रशिक्षण दिने जानकारी दिए ।

अहिले यूके, अस्ट्रेलिया, क्यानाडा, अमेरिका, न्युजिल्यान्ड, जर्मनी, डेनमार्क, जापानलगायत इजरायल आदि मुलुकमा नेपाली केयरगिभरको माग बढ्दो छ । केयरगिभर एकेडेमिया नेल्स एकेडेमियाको सहायक कम्पनी रहेको व्यवस्थापक हीरा लामाले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.