लन्डनमा ‘प्रतिभा नक्षत्र’मा बालबालिकाको कला प्रदर्शनी

भाद्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
लन्डनमा ‘प्रतिभा नक्षत्र’मा बालबालिकाको कला प्रदर्शनी

लन्डन । बेलायतमा नेपाली कला-संस्कृति प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित गरिएको चौंथो ‘प्रतिभा नक्षत्र’ कार्यक्रममा नेपालीमूलका बालबालिकाले प्रतिभा देखाएका छन् । विदेशमै जन्मे-हुर्केका उनीहरु राम्रोसँग नेपाली बोल्नसमेत जान्दैनन् ।

प्रतिभा नक्षत्र युवातर्फ भएको स्पर्धामा इशानी बराइली प्रथम, रिया गिरी द्वितीय र सुनिता लामिछाने तृतीय भए । बाल स्पर्धातर्फ भने गृष्मा खड्का प्रथम, आभा अधिकारी द्वितीय र आश्रिया सुवेदी तृतीय भए ।

६ देखि १४ वर्षका बालबालिका सहभागी उक्त प्रतियोगितामा २२ जना बालबालिकाले नेपाली भाषामा बोलेर मौलिक कला-संस्कृतिबारे प्रस्तुत गरेका थिए । उनीहरुले नेपाली संस्कृति झल्काउने विभिन्न प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रतिभा नक्षत्रजस्ता कार्यक्रमले बेलायतमै जन्मिएका स-साना बालबालिकालाई नेपाली भाषा, संस्कृति र कला बुझ्न तथा देशप्रतिको प्रेम बढाउन टेवा पुग्ने बताए ।

प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुनले यस्ता कार्यक्रम विदेशी परिवेशमा हुर्किरहेका नेपाली बालबालिकाका लागि केन्द्रित गरिएको र यस कार्यक्रमको दायरा विस्तार हुन आवश्यक रहेको बताइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.