दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढ्दै, उपभोक्तालाई भने महंगीको पिर

आश्विन ९, २०७९
दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढ्दै, उपभोक्तालाई भने महंगीको पिर

नेपालीका घरआँगनमा दसैँले छोपिसकेको छ । यस्तोमा दसैँको किनमेल गर्ने हतारो सुरु भइसकेको छ। लत्ताकपडा, मरमसलादेखि भाडाकुँडासम्म किनमेल गर्नेहरुको भीड बजारमा लागिरहँदा व्यापारीहरु भने व्यापार नै कम भएको अनुभव गरिरहेका छन् । अर्कोतिर महंगीबीचको दसैँलाई कसरी पार लगाउने भन्ने चिन्ता उपभोक्तालाई छ ।