न्यायपालिकामाथि कार्यपालिका हाबी भयो : मुख्यमन्त्री यादव

वैशाख २६, २०८३ |किरण पौडेल
न्यायपालिकामाथि कार्यपालिका हाबी भयो : मुख्यमन्त्री यादव

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले न्यायपालिकामाथि कार्यपालिका हाबी भएको आरोप लगाउनुभएको छ ।

कानुन दिवसको अवसरमा शनिबार जनकपुर उच्च अदालतको आयोजनामा भएको पहिलो न्यायिक महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले न्यायपालिकामाथि कार्यपालिका हाबी भएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले प्रधानमन्त्रीले न्यायपालिकाको विषयमा संवेदनशीलता नदेखाएकाले न्यायाधीशहरू सशंकित भएको समेत बताउनुभयो ।

महोत्सवमा अदालत, न्याय र कानुनसँग सम्बन्धित गतिविधिमा विभिन्न सत्र सञ्चालन भएको छ । महोत्सवमा उच्चअदालत जनकपुर र मातहतका सबै इजलास र जिल्ला अदालतका न्यायधीशहरू, कानुन व्यवसायी, स्थानीय तहका प्रमुख–उपप्रमुख, न्यायिक समितिका सदस्य तथा सर्वसाधारणको सहभागी थिए ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।