सुकुम्बासी व्यवस्थापनमा राजनीतिक दलहरूको मिश्रित प्रतिक्रिया

वैशाख १२, २०८३ |दशरथ राई
सुकुम्बासी व्यवस्थापनमा राजनीतिक दलहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले उपत्यकाका नदी किनारामा रहेका सुकुम्बासी बस्तीहरूको व्यस्थापनका लागि चालेको कदमप्रति राजनीतिक दलहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् । कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले सुकुम्बासी समस्या समाधानका लागि चालिएको कदम सकारात्मक भए पनि योजनाबिना नै काम गरिएको टिप्पणी गरेका छन् । 

उचित व्यवस्थापनको खाकाका साथ काम गर्नुपर्ने नेताहरूको भनाइ छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सचेतक प्रकाशचन्द्र परियारले सरकारले योजनाकै साथ सुकुम्बासी बस्तीहरूको स्थानान्तरण गरेको बताउनुभयो । उहाँले पार्टीले निर्वाचनअघि सारेको सय बुँदे वाचापत्रअनुसार नै देशभर रहेका सुकुम्बासीहरू पहिचान गरेर समाधान गर्न लागेको बताउनुभयो ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।