राष्ट्रपति पाैडेलद्वारा संघीय संसद्काे बैठक आह्वान

वैशाख ९, २०८३ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति पाैडेलद्वारा संघीय संसद्काे बैठक आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गर्नुभएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यो अधिवेशन बजेट अधिवेशन पनि हो । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि-बजेट छलफलसमेत हुनेगर्छ ।

यसअघि गत फागुन २१ गते भएको निर्वाचनपछि चैत १९ गते संसदको पहिलो अधिवेशन आह्वान भएको थियो । सो अधिवेशनले प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल र उपसभामुखमा रुबीकुमारी ठाकुर तथा राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारीलाई निर्वाचित गरेको छ । 

यस्तै प्रतिनिधिसभाका समितिहरूका सभापतिको निर्वाचन पनि भएको छ भने प्रतिनिधिसभाको नयाँ नियमावली मस्यौदा गर्न समिति गठन भएको समितिले सभामुख अर्याललाई प्रतिवेदन पनि बुझाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.