लुम्बिनी प्रदेशसभाबाट विषादी व्यवस्थापन विधेयक पारित

वैशाख ९, २०८३ |अमर क्षितिज भण्डारी
लुम्बिनी प्रदेशसभाबाट विषादी व्यवस्थापन विधेयक पारित

दाङ । लुम्बिनी प्रदेशसभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत पारित गरेको छ। 

प्रदेश सभाको बुधबार बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले गरेको प्रस्ताव सर्वसम्मत पारित भएको हो। त्यसैगरी जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन र सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस भएको छ।

लुम्बिनी प्रदेशसभाले पछिल्नो समय दिनहुँ विजिनेस पाउन थालेको छ । दिनहुँ सञ्चालन हुँदै आएको प्रदेशसभा बैठकमा विधेयक तथा समितिका प्रतिवेदनहरू पेस हुने छलफल हुने र पारित गर्ने क्रम बढेको छ । प्रदेश सभाको सातौं अधिवेशनको १६औं बैठक वैशाख १० गते बिहान साढे ११ बजे बस्नेछ


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।