सीमित स्रोतबीच सन्तुलित बजेट ल्याउने योजना आयोगका उपाध्यक्षकाे भनाइ

वैशाख ९, २०८३ |कान्तिपुर टीभी संवाददाता
सीमित स्रोतबीच सन्तुलित बजेट ल्याउने योजना आयोगका उपाध्यक्षकाे भनाइ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकमा सहज अवस्था नरहेकोले सीमाभित्र बाँधिएर सरकारले बजेट ल्याउने बताउनुभएको छ ।

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उपाध्यक्ष भट्टले बजेट निर्माण चलिरहेको र सरकारका अगाडि विभिन्न अप्ठ्यारा सीमा रहेको बताउनुभएको हो । इन्धन तथा ऊर्जा संकटका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहेको र त्यसको प्रभाव नेपालमा पनि पर्ने उहाँले बताउनु भयो । 

भट्टले सरकारको स्रोत परिचालन क्षमता सीमित रहेको बताउनुभयो । सन्तुलित विकास, सामाजिक न्याय र पछाडि परेका क्षेत्रसम्म विकासका आयोजना पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.