सम्पत्ति छानबिन आयोगले आजदेखि औपचारिक रूपमा काम थाल्याे

वैशाख ९, २०८३ |कान्तिपुर टीभी संवाददाता
सम्पत्ति छानबिन आयोगले आजदेखि औपचारिक रूपमा काम थाल्याे

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले बुधबारदेखि औपचारिक रूपमा काम थालेको छ । 

अध्यक्ष राजेन्द्रकुमार भण्डारीले बुधबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट सपथ लिएसँगै बुधबारदेखि आयोगले काम थालेको हो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ।

आयोग सदस्यहरुले पनि बुधबारनै अध्यक्ष भण्डारीसमक्ष सपथ लिएका छन् । आयोगलाई सरकारले एक वर्षको समय दिएको छ । जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको आयोगको कार्यसम्पादन सर्त-टीओआर समेत स्वीकृत भइसकेको छ।

एक वर्षभित्र आयोगले २०६२ देखि हालसम्मका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने छ । आयोगका सदस्यहरूमा पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली र उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक गणेश केसी र नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्था- आईक्यानका पूर्वअध्यक्ष प्रकाश लम्साल छन् । 

गत साताको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको थियो । सरकारले २०६२-६३ सालदेखि २०८२-०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको संकलन तथा छानबिन गर्न सम्पत्ति, आँचबुझ छानबिन आयोग गठन गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.