
झापा । झापामा जारी चन्द्रगढी महिला गोल्डकप प्रतियोगितामा नेपाल पुलिस फुटबल क्लबले जित हासिल गरेको छ।
पुलिस, रानी लक्ष्मी स्पोर्ट्स एकाडेमी भारतलाई ५-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ । खेलको १४औं मिनेटमा नेपाल पुलिस १० खेलाडीमा झरेको थियो। गोलकिपर उषा नाथले डिबक्स बाहिर आएर गोल समातेपछि उनी रातो कार्ड खादै मैदान बाहिर निस्किन् ।
उनको स्थानमा वैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरिन् । त्यसको अर्को मिनेटमा भारतीय टिमले पुलिसविरुद्ध अग्रता लियो । भारतीय टिमका लागि विनी कुमारी गोल गरिन्। यता पुलिसकी हेमन्त कुमारीले ३८औँ मिनेटमा खेल बराबरी गरिन् ।
रेखा पौडेलले ४६औं मिनटमा हेडमार्फत गोल गर्दै २-१ गोलको अग्रता बनाइन् । अमृता जैसीले ५३ औँ मिनेट, सम्झना लावतीले ६७औँ मिना देउवाले गोल गरिन् । खेलको इन्ज्युरी समयमा पूजा रानाले गोल गरिन् । खेलको प्लेयर अफ द म्याच विजेता टिम नेपाल पुलिसकी पूजा राना भइन् ।
उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । बिहीबारको खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुनेछ ।