.png&w=1000&height=550)
इलाम । काठमाडौंको मछिन्द्र क्लब मोरङको पथरी ११ लाई पराजित गर्दै तेस्रो इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
मंगलबार इलामको ठूलो टुँडिखेलमा सम्पन्न पहिलो सेमिफाइनलमा २ का विरुद्ध ५ गोलले पथरीलाई पाखा लगाउर्दै मच्छिन्द्र क्लब उपाधि भिडन्तमा पुगेको हो । मछिन्द्रको जितमा मिलन चाम्लिङले १२औं मिनेटमा नै गोल गरेर आफ्नो टिमलाई ब्रेकथ्रु दिलाएका थिए।
पथरीका लागि मौसम लिम्वुले १६ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए। तर, मिलनले ३०औं मिनेटमा अर्को गोल थपेर मछिन्द्रलाई पुन: अगाडि पुर्याए। त्यस्तै शौरभ लिम्वुले ५० र अविनाश स्याङतेनले ७७औं मिनेटमा गोल गरेका थिए।
यसैगरी मछिन्द्रको पाँचौ गोल दोस्रो हाफको इन्जुरी समयमा श्याम मुर्मुको नामामा रह्यो । पथरीका सुजल डंगोलले ६८औं मिनेटमा गोल गरे । दोस्रो सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटीले झापा धुलावारीको रोलिङ क्लबसँग बिहफबार प्रतिस्पर्धा गर्नेछ ।
रेडहर्स फुटवल क्लवले आयोजना गरेको प्रतियोगिता वैशाख १२ गते सम्म चल्ने छ । प्रतिोगिताका विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।