
काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडीका देशमा जान लगाइएको प्रतिबन्ध फुकुवा भएको छ ।
पश्चिम एसिया तनाव सुरु भएपछि साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की तथा इजरायल जानका लागि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
योसँगै नियोगबाट मागपत्र प्रमाणीकरण पनि सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । पश्चिम एसियाको तनावपछि रोजगारदाताले पेस गरेका मागपत्र दूतावासहरूले होल्ड गरेका थिए । रोजगारदाताका माग बमोजिम अब श्रमिक जाने प्रक्रिया सुरु हुने श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।