
काठमाडौं । पश्चिम एसियाको तनावका कारण विदेशमा रहेका ४० वटा शव अझै नेपाल ल्याउन बाँकी रहेको छ ।
नियमित उडान र कतिपय शवको पहिचान नहुँदा शव ल्याउन ढिलाइ भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अहिले साउदी अरेबियामा १४ नेपालीका शव रहेका छन् । मलेसियामा १०, बहराइनमा ७, कोरियामा १, संयुक्त अरब इमिरेट्स र कुवेतलगायतका देशमा नेपालीका शव अलपत्र रहेका छन् ।
उच्च सरकारी अधिकारीहरुले शव ल्याउने प्रक्रिया जारी रहेको बताएका छन् । सरकारले विदेशमा रहेका शव नेपाल पठाउन छिटो छरितो व्यवस्था मिलाउन दूतावासहरुलाई निर्देशन पनि दिएको छ । गन्तव्य मुलुकका प्रकृया पूरा गरेका केही शव जहाजको व्यवस्थापन गर्न नसक्दा रोकिएका छन् ।
शव झिकाउन गन्तव्य मुलुकका सरकारको पनि भूमिका हुने हुँदा समन्वय गर्न दूतावासहरुलाई सरकारले सुझाएको छ ।