इन्धनमा लाग्दै आएको भन्सार महसुल आधाले घटे पनि तत्काल राहत नहुने

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
इन्धनमा लाग्दै आएको भन्सार महसुल आधाले घटे पनि तत्काल राहत नहुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले इन्धनमा लाग्दै आएको भन्सार महसुल आधाले घटाए पनि तत्काल त्यसले उपभोक्तालाई भने राहत दिने छैन । 

सरकारको यस्तो निर्णयले आयल निगमले तेलको मूल्यवृद्धिका कारण भोग्दै आएको घाटा भने केही कम हुनेछ । सर्वसाधारणलाई लाभ दिनका लागि त अब निगम सञ्चालक समितिको बैठकले यस्तो छुटका आधारमा डिजल तथा पेट्रोलको भाउ घटाउनुपर्छ ।

अहिले पेट्रोल र डिजेलमा पुर्वाधार कर बापत १० रूपैयाँ लाग्दै आएकोमा अब प्रतिलिटर ५ रूपैयाँ मात्रै लाग्नेछ । त्यस्तै प्रतिलिटर २५ रूपैयाँ २३ पैसा तथा डिजल र मट्टीतेलमा १२ रूपैयाँ ३ पैसा लाग्दै आएकोमा यसमा आधा घटाइएको छ । मन्त्रीपरिषद्को यो निर्णयले पेट्रोलको भाउ साढे १७ रूपैयाँ तथा डिजल र मट्टीतेलको भाउ प्रतिलिटर ११ रूपैयाँ घट्नेछ । 

यसले तत्कालका लागि ग्राहकले तिर्नुपरेको चर्काे मूल्यभन्दा पनि आयल निगमले भोग्दै आएको घाटा कम गराउनेछ । चैत सुरू भएयता तीन सातामै पेट्रोलको भाउ प्रतिलिटर ४५ र डिजलको भाउ प्रतिलिटर ४० रूपैयाँ बढेको छ । सरकारले साउन यता भन्सार शुल्कबापात २८ अर्ब १२ करोड र पुर्वाधार विकास कर बापत १५ अर्ब ७० करोड संकलन गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.