स्टेट अफ हर्मुज खोल्न अस्वीकारपछि इरानलाई ट्रम्पकाे चेतावनी

चैत्र २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
स्टेट अफ हर्मुज खोल्न अस्वीकारपछि इरानलाई ट्रम्पकाे चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डनन्ड ट्रम्पले इरानको पूरै सभ्यता समाप्त हुनसक्ने चेतावी दिनुभएको छ ।

इरानले स्टेट अफ हर्मुज खोल्न अस्वीकार गरेसँगै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा मंगलबार राति एउटा पूरै सभ्यता समाप्त हुने चेतावनी दिनुभएको हो । आफूले यस्तो जहोस् भन्ने चाहे पनि सम्भवतः त्यस्तै हुनेसमेत उहाँले उल्लेख गर्नुभएको छ । 

साथै उहाँले यो विश्व इतिहासको सबैभन्दा जटिल क्षणहरूमध्ये एक हुने दाबीसमेत गर्नुभएको छ । ट्रम्पले इरानमा ४७ वर्षदेखि व्याप्त भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुने समेत बताउनुभएको छ । उहाँले इरानका महान जनतालाई भगवान्‌ले रक्षा गरून् भन्ने वाक्यांशसमेत ट्रुथ सोसलमा लेख्नुभएको छ ।