प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीनवटा विधेयक टेबुल गरियो

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीनवटा विधेयक टेबुल गरियो

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विधेयकहरू प्रतिनिधि सभामा टेबुल गर्नुभएको हो । राष्ट्रिय सभामा सो विधेयकहरूमाथि विस्तृत छलफल गरिएको छ । 

प्रतिनिधि सभाको अर्को बैठक बुधबार बस्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.