
काठमाडौं । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
मंगलबार बिहान धनगढी पुग्नुभएका मन्त्री पोखरेलले फाप्ला क्रिकेट मैदानको निरीक्षणका क्रममा सुदूरपश्चिममा क्रिकेटको क्रेज रहेको बताउनु भयो । उहाँले विगतका सरकारले पनि फाप्लालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै वर्तमान सरकारले पनि यो स्टेडियमको निमार्णलाई महत्वका साथ अघि बढाउने बताउनु भयो ।
कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभामा सहभागी हुन धनगढी जानुभएका मन्त्री पोखरेलले आजै कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय र दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह निरीक्षण गरेको मन्त्री पोखरेलका स्वकीय सचिव आरजु लोहनीले जानकारी दिनुभयो ।