विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा पौडेल निर्वाचित

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

मंगलबार बसेको समितिको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो । बैठक समितिका जेष्ठ सदस्य सभापति महन्थ ठाकुरको सभापतित्वमा बसेको थियो । सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभापति चयन गर्नको लागि एकमात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । 

पौडेललाई सभापति बनाउन नारायणदत्त भट्टको प्रस्ताव र जगत तिमल्सिनाको समर्थन रहेको थियो । उहाँले भन्नुभयो, ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एकमात्रै प्रस्ताव प्राप्त भएकोले राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा माननिय कृष्णप्रसाद पौडेललाई निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’

यस्तै समितिमा पाँच जना नयाँ सदस्यहरू चयन हुनुभएको छ । महन्थ ठाकुर, जगत तिमल्सिना, रेखाकुमारी झा, वासुदेव घिमिरे र सम्झना देवकोटा समितिको सदस्यमा चयन हुनुभएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.